तपाईँ सुन्दै हुनुहुन्छः

दोधारा-चांदनी नगरपालिकामा एक साताका लागि लकडाउन

कञ्चनपुर । दोधारा-चांदनी नगरपालिकामा कोभिड–१९ का प्रभाव समुदायस्तरमा देखा पर्न थालेको र बिरामीको सङ्ख्या प्रतिदिन बढ्न थालेपछि नगरपालिकामा आज राती १२ वजेवाट पुष ९ गते राती १२ वजे सम्म एक साताका लागि लकडाउन गरिएको छ ।

सो समयमा नगरपालिकामा रहेका सरकारी तथा गैरसरकारी संस्था, विद्यालय, पसल, उद्योग बन्द रहने छन् ।

नगरपालिका क्षेत्रमा आवश्यक कामबाहेक अन्य कार्यका लागि हिँडडुल गर्नमा समेत प्रतिबन्ध लगाइएको नगर प्रमुख विर वहादुर सुनारले वताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button