तपाईँ सुन्दै हुनुहुन्छः

संवैधानिक परिषद् बैठक, पदाधिकारी नियुक्तिबारे छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार साँझ बसेको संवैधानिक परिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पदाधिकारीहरु । तस्वीरः सौजन्यः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ । विभिन्न आयोगका पदाधिकारीको नियुक्ति सिफारिसका लागि मंगलबार बसेको संवैधानिक परिषद्को बैठकमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विभिन्न संवैधानिक आयोगका पदाधिकारी एवं सदस्यको नियुक्तिबारे छलफल गरेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय नभएको जानकारी दिनुभयो । मंगलबार बिहान बस्ने भनिएको बैठक गणपूरक सङ्ख्या नपुगेपछि साँझका लागि सारिएको थियो । त्यसअगावै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो ।

बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button