तपाईँ सुन्दै हुनुहुन्छः

झापामा प्लाइउड उद्योगमा आगलागी, ३० लाख बराबरको क्षति

भद्रपुर, झापा । झापाको विर्तामोडस्थित एउटा प्लाइउड उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको क्षति भएको छ ।

आज विहान ७ बजेतिर स्थानीय होमप्रसाद घिमिरेले सञ्चालन गर्दै आएको नमस्ते प्लाइ उद्योगमा विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिद्युत सर्ट भई फन्टिफेन नामक काठको मेटेरियल र सिलिङ चेम्बरमा आगलागी भएको र ती मेसिन कामै नलाग्ने गरी जलेको बताइएको छ ।

प्रहरी र स्थानीयको सहयोगमा विर्तामोड, भद्रपुर र दमकका दमकलले लगभग ४ घण्टामा आगो नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button