कैदिबन्दी, प्रहरी र कर्मचारीहरुलाई स्वास्थ्य सामग्री वितरण

सप्तरी । राजविराज कारागारमा रहेका कैदिबन्दी, प्रहरी र कर्मचारीहरुका लागि आज राजविराज जेसीजले सेनेटाइजर, सेनेटरी प्याड र मास्क वितरण गरेको छ ।
कारागारमा रहेका कैदीबन्दी, कर्मचारीहरुको समस्यालाई मध्यनजर गर्दै उक्त सामग्री वितरण गरिएको जेसीजले जनाएको छ ।
जेसीज सप्ताहको दोस्रो दिनको कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष शंकर शारदा र राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालले कारागारका निमित्त प्रमुख संजयकुमार रामलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो ।
कारागारका निमित्त प्रमुख रामका अनुसार कारागारमा १ आश्रित बालक र १७ महिलासहित ३ सय ७० जना कैदी बन्दी रहेका छन् ।

हस्तान्तरण गरिएको सामाग्रीमा १० लिटर सेनेटाइजर, चार कार्टुन मास्क र ४० पोका सेनेटरी प्याडलगायत रहेको कार्यक्रम संयोजक सिद्धार्थ तातेडले जानकारी दिनुभयो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेल, नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुरलगायत जेसीजका पदाधिकारी, प्रहरी र कैदीबन्दीका प्रतिनिधीको उपस्थिती रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्