तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा फेरि काठको खोरमा पर्‍यो चितुवा, अहिलेसम्म ११ चितुवा समातिए

तनहुँ । तनहुँमा बिहीबार अर्को चितुवा खोरमा परेको छ ।

जिल्लाको भानु नगरपालिका वडा नं २ स्थित मझुवा ओख्ले सामुदायिक वनमा थापिएको खोरमा चितुवा परेको हो । चितुवा नियन्त्रणमा लिन अहिले डिभिजन वन कार्यालय तनहुँको टोली सो ठाउँमा जाँदै छ  ।

उक्त सामुदायिक वनमा दोस्रोपटक चितुवा खोरमा परेको हो । सोही खोरमा तनहुँमा पहिलोपटक चितुवा परेको थियो ।

योसँगै तनहुँमा खोरमा पर्ने चितुवाको सङ्ख्या ११ पुगेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

गत मङ्सिर ६ गते पनि एउटा चितुवा आँबुखैरेनी–२ स्थित पौवाको वनमा राखिएको फलामे खोरमा परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button