तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्री पौडेल गृह जिल्लामा

file photo

रुपन्देही । अर्थमन्त्री बनेपछि विष्णुप्रसाद पौडेल पहिलो पटक मंगलबार गृहजिल्ला आउनुभएको छ । जिल्लामा तय गरिएका विभिन्न कार्यक्रममा सहभागी हुन अर्थमन्त्री पौडेल रुपन्देही आउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

मंगलबार मध्याह्न बुटवल आउनुभएका पौडेल बुटवलस्थित पार्टी कार्यालयमा भेटघाट कार्यक्रममा सरिक हुनुभयो । बुधबार बिहान १० बजे सैनामैनामा दुई विद्यालय भवनको उद्घाटन कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको छ ।

अर्थमन्त्री पौडेलले बुधबार ११ बजे तिलोत्तमास्थित गिर्वाण स्कुलको भवन शिलान्यास गर्नुहुनेछ । बुधबार दिउसो १ बजे तिनाउ दानव कोरिडोरका शिलान्यास गर्ने कार्यक्रम रहेको भौतिक पूर्वाकार विकास मन्त्रालयले जनाएको छ । सडक विभागको आयोजनामा हुने उक्त कार्यक्रम तिलोत्तमाको मगरघाटमा हुने बताइएको छ ।

बुधबार साँझ पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको छ ।

मंसिर ११ गते बिहीबार पौडेलले झुम्सा खानेपानीको कार्यक्रममा पाल्पाको दोभानको निरीक्षण र अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ । सोही दिन १२ बजे तिलोत्तमा स्थित आनन्दवनमा १५ शैयाको अस्पतालको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

अर्थमन्त्री बिहीबार दिउँसो बुटवलमा करसम्बन्धी कार्यक्रम र बुटवल नगरपालिकाको आयोजनामा हुने छलफलमा सहभागी भएर साँझ काठमाडौं फर्किने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button