तपाईँ सुन्दै हुनुहुन्छः

बालिका हत्याको विरोधमा घरमा आगजनी र तोडफोड

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका १४ स्थित ६ वर्षीया बालिकाको अपहरण पश्चात् हत्याको आरोपमा पक्राउ परेका व्यक्तिको घरमा आक्रोशित स्थानीयले आगजनी गरेका छन् ।
बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् । घरमा तोडफोड गर्नुका साथै आगजनी भएको छ । आगजनी निभाउन दमकल आएपनी स्थानीयले बाटो अवरुद्ध गरेको कारण घटना स्थलसम्म प्रहरी र दमकल पुग्न सकेको छैन । घटना स्थलमा व्यापक प्रहरी र सशस्त्र प्रहरी परिचालन भएपनी आगजनी नियन्त्रणमा लिन सकिएको छैन ।
बालिकाको शव बोरामा राखेर झाडीमा फालेको अवस्थामा फेला परे पछि हत्याको आरोपमा पक्राउ परेकाको सा हलाइ ईलाका प्रहरी कार्यालय बर्दिबासको नियन्त्रणमा रहेको छ । बालिका हत्याको बिरोध गर्दै स्थानीयहरूले महोत्तरीको बर्दिबास नगरपालिका स्थित पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । बर्दिबास नगरपालिका १४ बस्ने ६ वर्षीय एक बालिकाको हत्याको बिरोध गर्दै स्थानीयहरूले राजमार्ग अवरुद्ध गरेका हुन् । राजमार्ग अवरुद्ध हुँदा सवारी साधनहरूको लाम लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button