झापामा कोरोना संक्रमितको संख्या तीन हजार नाघ्यो, ९० जनाको मृत्यु
भद्रपुर, झापा- झापामा कोरोना संक्रमितको संख्या तीन हजार नाघेको छ । समुदायस्तरमा संक्रमण फैलिएकाले संक्रमितको संख्या थपिँदै गएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार विहीवार साँझसम्म झापामा तीन हजार एक सय ६८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक हजार नौ सय ८५ जना उपचारपछि घर फर्किएका छन् भने एक हजारभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाईले बताउनुभयो । झापामा ३२ हजार जनाको पीसीआर परीक्षण गरिएको छ ।
समुदाय तहमा संक्रमण फैलिएकाले मानवीय क्षतिका घटना पनि बढेका छन् । विहीवार साँझसम्म झापामा कोरोना संक्रमणका कारण ९० जनाको मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्