तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी विदेशमन्त्री माइक पम्पेओद्वारा इजरेल अधीनस्थ क्षेत्रहरूको अप्रत्याशित भ्रमण

शार बिनयामिन, पश्चिम किनारा । अमेरिकी विदेशमन्त्री माइक पम्पेओले इजरेल र उसका छिमेकी मुलुकहरु बीच विवाद रहेको गोलन हाइट्स र इजरेल अधीनस्थ पश्चिम किनाराका बस्तीहरुको भ्रमण गर्नु भएको छ ।

सो क्षेत्रको भ्रमण गर्ने उहाँ पहिलो अमेरिकी विदेशमन्त्री हुनुहुन्छ ।

विवादास्पद भूमीमा इजरेलको हक दावी संशक्त गर्न उक्त भ्रमण भएको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसैबीच प्यालेस्टाइनले उक्त भ्रमणको विरोध गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्याकाल अन्त्य हुन केही दिन मात्र बाँकी रहेकाले यो विदेशमन्त्री पम्पेवीको मध्य पूर्वको अन्तिम भ्रमणको रुपमा हेरिएको छ ।

सन् १९६७ मा सिरियासँगको युद्घ पछि इजरेलले कब्जा गरेको गोलन हाइटसलाई २०१९ मा राष्ट्रपति ट्रम्पले इजरेली भूमी रहेको ठहर गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button