गुन्सामा आगलागी : एक घर जलेर नष्ट

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ५ गुन्सामा बुधवार बेलुकी आगलागी भई एक घर जलेर पूर्ण रूपमा क्षति पुगेको वडा सचिव नेत्र तामाङले जानकारी दिनुभयो ।
उक्त क्षति भएको घर जेठा बम्जन र साङबो बम्जन नाम गरेका बाबुछोराको संयुक्त रहेको उहाँले बताउनुभयो । केही समयपछि प्रहरी र स्थानीयले आगो नियन्त्रणमा ल्याएको हो ।
स्थानीयका अनुसार आगलागीमा एक घर जलेर क्षति हुनका साथै त्यहाँ भएका सबै अन्नपात नष्ट भएको छ । करिब २१ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्