तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतको पञ्चपुरीमा खालबाटै ११ जुवाडे पक्राउ

सुर्खेत । ईलाका प्रहरी कार्यालय बाबियाचौरले खालबाटै ११ जुवाडे पक्राउ गरेको छ ।

प्रहरीले गएराती पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–६, मा जुवाको खालबाट ११ जना जुवाडेसहित ५१ हजार २ सय ८५ नगद र दुई गड्डी तास नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका–४, का ३४ वर्षीय धनबहादुर नेपाली, ४२ वर्षीय कुशल नेपाली, ३४ वर्षीय अम्मर नेपाली, ३० वर्षीय जनक थापा, ३२ वर्षीय नेत्र कार्की, ३१ वर्षीय रामबहादुर नेपाली, ४३ वर्षीय भवि विक, ३९ वर्षीय धनबहादुर शाही, ४० वर्षीय सञ्जन कार्की, ४६ वर्षीय रंगप्रसाद देवकोटा र ४८ रतन देवकोटा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद भट्टले स्थानीय रंगप्रसाद देवकोटाको घरमा हारजितको बाजी राखेर जुवा खेलिरहेको भन्ने सूचना पाएपछि प्रहरी निरीक्षक बखतबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई खालबाटै पक्राउ गरेको बताउनु भयो ।

पक्राउ परेका जुवाडेहरुमाथि थप अनुसन्धान भइरहेको र दोषी उपर मुलुकी अपराध संहिता दफा १२५ अनुसार कारवाही हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button