तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा घाइते एकजनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणीमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका मध्ये उत्तम सिंह धानुकको उपचारका क्रममा मृत्यु भएको छ ।

सोमबार दिउँसो वाणीमा म १ प ७८२३ नम्बरको मोटरसाइकल र सु प प्र ०१–००८ प २८९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा कार्यरत प्रहरी सहायक निरीक्षक धिरबहादुर बिष्ट, शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ बन्साहका उत्तम सिंह धानुक र २१ वर्षीया सुनिता बिष्ट घाइते भएका थिए ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ बन्साहका ४० वर्षीय धानुकको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा गएराति २ बजेतिर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

घाइतेहरु प्रहरी सहायक निरीक्षक धिरबहादुर बिष्ट र सुनिता बिष्टको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button