तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा नौ जुवाडे पक्राउ

उदयपुर । जुवा खेल्ने क्रममा नौ जनालाई उदयपुरमा प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई जिल्लाको त्रियुगा नगरपालिका १० करमगाछीबाट आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १० बस्ने बर्ष ४९ को प्रेम भट्टराई, त्रियुगा नगरपालिका ११ गाईघाट बजार बस्ने बर्ष ४० को मन्दिप राई, बर्ष  ४० को राजन कुमार राउत, त्रियुगा नगरपालिका १० बस्ने बर्ष २० को ईश्वर खड्का, त्रियुगा नगरपालिका १२ गाईघाट बजार बस्ने बर्ष ४५ को बल बहादुर कार्की रहेका छन् । त्यसैगरि पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १ बस्ने बर्ष ४० को नवीन राई, त्रियुगा नगरपालिका ८ बस्ने बर्ष ४२ को पुरुषोत्तम कार्की, त्रियुगा नगरपालिका ११ बस्ने बर्ष ४१ को मेख बहादुर राई र त्रियुगा नगरपालिका ३ बस्ने बर्ष २९ को सुनिल चौधरी रहेका छन् । उनीहरूलाई त्रियुगा नगरपालिका १० करमगाछि स्थित प्रेम भट्टराईको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
कार्यालयले जनाएअनुसार जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको थियो । पक्राउ परेकाहरूको साथबाट एक बुङ तास, १७ थान मोबाइल, १९ वटा कौडा, छ थान मोटरसाइकलको चाबी, दुई थान सुनको सिक्री र तिन थान सुनको औँठी फेला परेको छ । यसै गरी कृषि विकास बैङ्कको १ लाखको चेक, नबिल बैङ्कको २ लाख दश हजारको चेक र नगद २ लाख ४७ हजार १ सय १७ रुपैयाँ फेला परेको छ । पक्राउ परेकाहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button