तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुमा ६ कोरोना सङ्क्रमित थपिए

file photo

सोलुखुम्बु । सोलुखुम्बुमा ६ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पताल फाप्लुकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाका अनुसार पछिल्लो पटक स्वाब परीक्षणमा पठाइएका ४५ जना मध्ये ६ जनामा कोरोना पोजेटिभ देखिएकोे हो ।

कोसी अस्पतालमा गरिएको स्वाब परीक्षणमा सोलखुुम्बुमा निर्माणाधीन ८२ मेगावाटको तल्लो सोलु हाईड्रोपावरमा काम गर्ने एक जना, वेनी हाईड्रोपावरमा काम गर्ने एक जना, जिल्ला प्रहरी कार्यालयका दुई जना प्रहरी र सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाका दुई जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । उनीहरुलाई जिल्ला अस्पताल फाप्लुको आइसोलेसन वार्डमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button