तपाईँ सुन्दै हुनुहुन्छः

‘कोरोना सङ्क्रमणका कारण पर्यटन प्रवर्द्धनमा प्रभाव’

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले कोरोना सङ्क्रमणका कारणले पर्यटन प्रवर्द्धनमा आफूले सोचे अनुरूप काम गर्न नसकेको बताउनुभयो ।

“नेपालमा पर्यटन प्रवर्द्धनका अथाह सम्भावना बोकेको देश हो” कोरोना सङ्क्रमण जोखिम कम भएसँगै पर्यटकीय क्षेत्र भरिभराउ हुने उहाँले बताउनुभयो ।

सरकारले छिमेकी मुलुक चीन र भारतका पर्यटकलाई लक्षित गरेर अभियान सञ्चालन गर्ने मन्त्री भट्टराईको भनाइ छ ।

‘वार्षिक १५ करोड चिनियाँ घुम्न निस्कन्छन्, विदेश घुम्ने भारतीयको सङ्ख्या पनि धेरै छ, त्यसमध्ये एक–दुई प्रतिशत मात्रै नेपाल ल्याउन सकियो भने पर्याप्त हुन्छ ।,

आज ताप्लेजुङमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री भट्टराईले सन् २०२२ देखि नेपालमा वार्षिक ३० लाख बढी विदेशी पर्यटक आउने समेत दाबी गर्नुभयो ।

उहाँले ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाको पर्यटन प्रवर्द्धनका लागि गुरु योजनाका साथ अघि बढ्ने बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button