तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत

टीकापुर कैलाली । कैलालीमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत भएको छ ।

गए राति गोरांगेमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएकी महिला लम्कीचुहा नगरपालिकाको भल्काकी ५५ वर्षीय भूमि देवकोटा रहेको प्रहरीले जनाएको छ ।

देवकोटालाई गए राति ८ बजेतिर लम्कीचुहा नगरपालिका वडा नम्बर ३ गोराङ्गेमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से४प ९२५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको थियो ।

देवकोटालाई ठक्कर दिने मोटरसाइकल र चालक ३६ वर्षीय प्रेम साउदलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button