तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा लागुऔषध मुद्दामा २ जना पुर्वपक्षको लागि कारागार चलान

सप्तरी । सप्तरीको विभिन्न स्थान र मितीमा पक्राउ परेका दुई जना लागुऔषधको कारोबार गर्ने व्यक्तिलाई सप्तरी जिल्ला अदालतले पुर्वपक्षको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरी प्रहरीले असोज ३० गते र भदौ २४ गते जिल्ला सप्तरी खडक नगरपालिका वडा नम्बर २ बस्ने बर्ष २५ को मुकेश कुमार साहको साथ बाट नाइट्राभेट एक साय ६५ ट्याबलेट सहित र राजबिराज नगरपालिका वडानम्बर ७ बस्ने बर्ष १९ को चन्द्रदेव चौधरीको साथ बाट नाइट्राभेट ६० ट्याबलेट सहित पक्राउ परेका दुई जना प्रतिबादीलाई अदालतले कार्तिक २५ र २६ गतेको आदेश अनुसार पर्वपक्षको लगि करागार चलान गरेको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button