सोलुखुम्बुमा कोरोना सङ्क्रमित १४७ पुगे
सोलुखुम्बु। मुलुकमा कोरोना सङ्क्रमण देखिएको लामो समयसम्म पनि ग्रीन जोनमा रहेको सोलुखुम्बुमा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या करिब डेढ सय पुगेको छ । जिल्लामा एक हजार ६३१ जनाको पिसिआर परीक्षण गरिएकोमा १४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सङ्क्रमितमध्ये १३ जना आईसोलेसनमा छन् भने १३४ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन रामकुमार विश्वकर्माले जानकारी दिनुभयो । हाल उपचार गराईरहेका सङ्क्रमितमा तीन जना जिल्ला अस्पताल फाप्लुको आईसोलेसन तथा १० जना काठमाडौँको होटल आईसोलेसनमा रहेका छन् ।
कुल सङ्क्रमितको संख्या मध्ये ३२ जना जिल्ला स्वास्थ्य कार्यालय मार्फत स्वाब पठाएका व्यक्ति हुन् भने ११५ जना विभिन्न नगर तथा गाउँपालिका र जिल्लाभित्र निर्माणाधीन हाईड्रोपावरहरुबाट स्वाब सङ्कलन गरिएका व्यक्तिहरु रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
राजधानी तथा देसको अन्य क्षेत्रबाट आउनेको संख्या बढ्नु तथा जलविद्युत आयोजनामा बाहिरका कामदार आउन थालेपछि सङ्क्रमितको संख्या बढ्न थालेको बताइएको छ ।







प्रतिक्रिया राख्नुहोस्