तपाईँ सुन्दै हुनुहुन्छः

भारतको विहारमा अन्तिम चरणको विधान सभाको चुनाव सम्पन्न

वीरगञ्ज । भारतको विहार राज्यमा अन्तिम चरणको विधान सभाको चुनाव आज छिटफुट घटनाबाहेक शान्ति पूर्ण रुपमा सम्पन्न भएकोे छ ।

विशेष गरी वीरगञ्जसँग सिमा जोडिएको भारतको पूर्वचम्पारणको रक्सौल निर्वाचन क्षेत्रमा १३ जना प्रत्यासी रहेको र दलगत उम्मेदवार भन्दा पनि बागी उम्मेदवारको जगजगी रहेको छ ।

भाजपाका उम्मेदवार प्रमोद कुमार सिन्हा र कांग्रेसका उम्मेदवार रामबाबु प्रसाद यादवको साथ १३ जना बागी उम्मेदवार निर्वाचनमा भिडेका छन् । विशेष गरी रक्सौल निर्वाचन क्षेत्रबाट भाजपाका बागी उम्मेदवार अजय सिंह, बहुज समाजवादी पार्टीबाट चुनाव लड्नु भएको छ भने आरजेडीको बागीमा सुरेश प्रसाद यादव स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचनमा होमिनु भएको छ ।

आज भएको मतदानमा शहरी क्षेत्रमा ५५ प्रतिशत र ग्रामिण क्षेत्रमा ६५ प्रतिशत मतदान भएको निर्वाचन अधिकारीले जनाएका छन् ।

हिजोदेखि सिल भएको नेपाल भारत सिमा भोली बिहानदेखि खुल्ने जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button