तपाईँ सुन्दै हुनुहुन्छः

श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

सल्यान । श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीलाई प्रहरीले प्रक्राउ गरेको छ ।

जिल्लाको कपुरकोट गाउँपालिका–५ पाङराङ बस्नेत ५४ वर्षको रामे कामीलाई हत्या गरेको आरोपमा श्रीमती ४३ वर्षीया ईश्वरी कामीलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिचि पिर्का (चौकी)ले टाउँकोमा प्रहार गरी हत्या गरेको मृतकका बुवाले प्रहरीलाई जानकारी दिएका छ।

कुनै सन्तान नभएको र जग्ग्गा बेचेर पसल गर्ने विषयमा झगडा हुने गरेको मृतकका बुवाले पर्से कामीले किटानी जाहेरीमा उल्लेख गरेका छन् ।

श्रीमान हत्या गरेको आरोपमा श्रीमती कामीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण ओलीले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button