तपाईँ सुन्दै हुनुहुन्छः

रेडक्रसद्वारा अछामको ढकारी र तुर्माखाँदमा सरसफाइ सामग्री वितरण

अछाम । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अछामले जिल्लाका ढकारी र तुर्माखाँद गाउँपालिकामा सरसफाइ सामग्री वितरण गरेको छ ।

तुर्माखाँद र ढकारी गाउँपालिकामा रहेको विद्यालय र समुदायमा सरसफाइ सामग्री वितरण गरेको हो ।

ढकारी स्थित गुरूकुल माध्यामिक विद्यालयमा रहेका छात्रा र सोही विद्यालय नजिकको समुदायलाई ६० वटा व्यक्तिगत सुरक्षा सामग्री, १० वटा डष्टविन र मास्क वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी अछामका सभापति रत्नप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।

सरसफाइ सामग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले कोरोनाबाट बच्नका लागि सरसफाइ सामग्री वितरण गरेकोमा रेडक्रस अछामलाई धन्यवाद दिँदै सबै गाउँपालिकावासीले कोरोनाबाट सचेत र सजग रहनुपर्ने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका बरिष्ठ अधिकृत उमेश ढुंगानाले कोभिड १९ मा अछाम उच्च जोखिममा रहेका कारण रेडक्रसले सरसफाइ सामग्री वितरणका लागि छनौट गरेको बताउनुभयो । जोखिम न्यूनिकरणका लागि आगामी दिनमा अछाममा कार्यक्रमका लागि छलफल भइरहेको अधिकृत ढुंगानाको भनाइ छ ।

आईएफआरसीको सहयोगमा नेपाल रेडक्रस सोसाइटी अछाम जिल्ला शाखाद्वारा संचालित कोभिड १९ पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरिएको रेडक्रस अछामका मन्त्री ध्रुव शाहीले बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटीले तुर्माखाँद गाउँपालिका वडा नम्बर ४ मा रहेको कालिकेश्वरी माध्यमिक विद्यालयमा रहेका छात्रा र सोही विद्यालय नजिकको समुदायलाई पनि ७० वटा व्यक्तिगत सुरक्षा सामग्री, ६ वटा डष्टविन र मास्क वितरण गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button