कोरोना संक्रमणबाट ३९ बर्षीय महिलाको मृत्यु

चितवन । चितवनमा कोरोना संक्रमणबाट ३९ बर्षीय महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत राप्ती नगरपालिका वडा नम्बर १० बस्ने ३९ वर्षीय महिलाको मृत्यु भएको हो ।
अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलका अनुसार कात्तिक १५ गते श्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भएकी ती महिलालाई १७ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो । उनको आज बिहान ६ बजेर ५० मिनेट जांँदा मृत्यु भएको पौडेलले जानकारी दिनुभयो ।
महिलाको स्वास्थ्य अवस्थामा थप समस्या हुदैं गएपछि १७ गते नै कोभिड आईसियु कक्षमा राखी उपचार हुदै आएको थियो । उनको उपचार को क्रममा आज बिहान मृत्यु भएको हो ।







प्रतिक्रिया राख्नुहोस्