तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

नेपालगन्ज । बाँकेमा उपचाररत दाङकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० की ६५ वर्षीया महिलाको आज दिउँसो १ः५० बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि हिजो अस्पताल भर्ना भएकी उनमा हिजो नै कोरोना पुष्टि भएको थियो । यो संगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button