प्रतिबन्धित लागुऔषधसहित एक किशोर पक्राउ

सर्लाही । सर्लाहीमा प्रतिबन्धित लागु औषधसहित सशस्त्र प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका वडा नं.११ बस्ने १६ वर्षीय किशोर अजय गिरी रहेका छन् ।
भारतबाट लागुऔषध लिएर आउँदै गरेको समयमा ब्रहम्पुरी गाउँपालिका वडा नं. ४ त्रिभुवननगरको सेखटोलबाट सोमबार सिमा गस्तीमा खटेको सशस्त्र प्रहरीको टोलीले गिरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका किशोरको साथबाट २०१ बोतल कोरेक्स र नाईट्राभेट ट्याब्लेट ७ पता बरामद भएको बिओपी त्रिभिवन नगरका प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक संजित कुमार सिंहले जानकारी दिनुभयो । पक्राउ परेका किशोरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सोमवार नै बुझाईएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्