३५ अर्ब डलरको आइपिओले विश्व शेयर बजारमा हलचल
भुवनप्रसाद आचार्य, काठमाडौं । गत साता विश्व शेयर बजारमा निक्कै महत्त्वपूर्ण र नौलो घटना भएको छ ।
हङकङ र शाघांइका शेयरबजारमा संसारकै सबैभन्दा ठूलो आइपिओ (प्राथमिक शेयर निष्काशन) निष्काशन भएका कारण यो साता उक्त शेयरले निकै चर्चा पायो । चीनको एंट गु्रपले यो साता ३५ अर्ब डलर बराबरको आइपिओ जारी गरेको थियो ।
चीनका सबैभन्दा धनी कारोबारी ‘ज्याक मा’ को अलीबाबा गु्रप अन्तर्गतको फाइन्सियल सर्विसेज कम्पनीले सबैभन्दा ठुलो आइपिओ निष्काशन गरेको हो । संसारकै सबैभन्दा ठुलो प्राथमिक निष्कासन भएका कारण दुनियाँभरिका लगानीकर्ताको आकर्षण चीन हुन पुगेको थियो ।
बिक्री हुने नहुने अनिश्चितता बिच निष्काशन गरिएको शेयर किन्न लगानीकर्ताहरु तछाड मछाड गरेर सहभागी भएको समाचार माध्यमहरुले जनाएका छन् ।
हङकङ र शाघांइको लागि निष्कासन गरिएको एंट गु्रपको उक्त आइपिओमामा यति धेरै माग थियो कि ब्रोकर कम्पनीहरूको आवेदन लिने प्लेटफर्म नै क्रास भएको बताइएको छ ।
उक्त शेयरमा रिटेल इन्भेष्टर यति धेरै धुरिएका थिए की उनीहरूलाई जारी गरिएको भन्दा ८७२ गुणा बढी आवेदन परेको जनाइएको छ । हङकङमा मात्रै माग भन्दा ३८९ गुणा बढी शेयरको आवेदन परेको जनाइएको छ । आईपीओ जारीका गनर्का लागि एन्ट ग्रुपको मूल्यांकन ३१३ अर्ब डलर गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्