तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप ६० जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज

नेपालगन्ज  । बाँकेमा आज थप ६० जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा ३६ पुरुष र २४ महिला छन् । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या २ हजार ८ सय ८४ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

जिल्लामा कोरोना निको हुने दर ९१.६४ प्रतिशत रहेको छ ।आइसोलेसनमा २ सय ३२ जना छन् । बाँकेमा हालसम्म ३ हजार १ सय ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हालसम्म बाँकेमा कोरोना भाइरसको सङ्क्रमणबाट ३१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button