तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा बलि चढाउन रोक

बैतडी । सुदूपश्चिमकै बढी पशुबलि हुने बैतडी जिल्लामा यो वर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ ।

जिल्लामा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिर, उदयदेव भगवती मन्दिर, मेलौली भगवती मन्दिर, डिलाशैनी मन्दिर,त्रिपुरा सुन्दरी, रणशैनी मन्दिरलगायतका मन्दिरमा महाअष्टमी र महानवमीमा पशुबलि हुने गर्दछ ।

जिल्लाकै सबैभन्दा बढी पशुबलि हुने दशरथचन्द नगरपालिका २ देहिमाडौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा यो बर्ष महाष्टमीको दिन लाग्ने मेलामा नित्यपूजा बाहेक अन्य कार्यक्रम नहुने भएका छन् ।

कोरोना भाईरसको जोखिम बढ्ने भएकाले नित्य पूजा बाहेकका अरु सबै क्रियाकलापमा रोक लगाइएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले जानकारी दिनुभयो ।

उदयदेव मन्दिरमा हुने पशुबलि यस वर्ष नहुँने पाटन नगरपालिकाका प्रमुख केशव बहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button