सशस्त्र प्रहरीद्वारा जनचेतनामूलक कार्यक्रम
रुपन्देही । कोभिड १९ का बारेमा ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकलाई लक्षित गरी सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गण हेडक्वाटर रुपन्देहीले जनचेतनामूलक कार्यक्रम गरेको छ ।
ग्रामीण बस्तीहरुका नागरिकलाई कोभिड–१९ को संक्रमणबाट जोगाउनका लागि अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी नभएकाले उनीहरुलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
रुपन्देहीका १२ वटा ग्रामीण बस्तीमा कोभिड १९ का वारेमा जानकारीमूलक कार्यक्रम सञ्चालन गरेको गणका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले जानकारी दिनुभयो ।
उहाँले कार्यक्रमलाई प्रभावकारी बनाउन बिद्यालयका बिद्यार्थी, बालवालिका र गृहणी महिलालाइ केन्द्रित गर्दै धेरै भन्दा धेरै सहभागी बनाएर कोरोनाबारे जानकारी दिइएको बताउनुभयो ।
पोखरेलले रुपन्देहीको दक्षिणी सिमावर्ती क्षेत्रका ग्रामीण बस्तीमा कोभिड १९ का बारेमा जानकारी नभएकाले सावधानी नअपनाउने गरेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्