वन्यन्तुका अङग र भरुवा बन्दुकसहित दुई जना पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रबाट वन्यजन्तुका छाला, खुट्टा र भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।
खुम्बुपासाङल्हमू गाउँपालिका–१ बुप्साका मानवीर राईले लुकाइछिपाई वन्यजन्तुका अङ्ग र भरुवा बन्दुक राखेको गोप्य सूचनाका आधारमा खानतलासी गर्दा भेटिएपछि उनीसहित ७४ बर्षीय उनका बुबा तिलकबहादुर राईलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।
उनीहरुको घरबाट एक थान भरुवा बन्दुक, घोरलको छाला एक थान, मृगको खुट्टा दुई वटा, दुम्सीको काँडाहरु समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दर्नालले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्