कञ्चनपुरमा ९५ प्रतिशत कोरोनाका संक्रमित लक्षण विना निको
कञ्चनपुर । कञ्चनपुर जिल्लामा कोरोना पोजेटिभ देखिएका ९५ प्रतिशतमा लक्षणनै नदेखिई निको भएको पाइएको छ । जनस्वास्थ्य कार्यालय कञ्चनपुरका कोरोना फोकल पर्सन सिद्धराज भट्टले अधिकांश संक्रमितहरुमा लक्षणनै देखा नपर्ने गरेको र केहीमा सामान्य लक्षण मात्रै देखिने गरेको वताउनु भएको छ । आज सम्म जिल्लामा ९ सय २९ जनामा पोजेटिभ रिपोट आएको र जस मध्य ८ सय १५ जना लक्षणनै नदेखिई निको भएर घर फर्केका वताउनु भएको छ ।
उहांले हाल सम्म १ सुत्केरी महिलाको मृत्यु भएको र १ सय १४ जना सक्रिय संक्रमित रहेका वताउनु भएको छ । साथै उहांले कञ्चनपुरका ९ वटा स्थानीय तहहरुमा अस्थायी कोभिड अस्पताल निर्माणका लागी १० लाख वजेट प्राप्त भै सकेको वताउनु भएको छ । उहांले भीमदत्त नगरपालीकामा महाकाली प्रादेशीक अस्पताल रहेकाले यस मा अस्थायी कोभिड अस्पताल नवनाउने र वाकी ८ वटा पालीकाहरुमा ५ शैयाको अस्थायी कोभिड अस्पताल निर्माणको प्रक्रिया सुरु गरिएको र केही दिन भित्र तयारी गरिने वताउनु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्