तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा ५ दिनसम्म विद्युत सेवा अवरुद्ध हुने

कञ्चनपुर । कञ्चनपुरमा ५ दिनसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणको लालपुर एक सय ३२ केभी सवस्टेशनमा ट्रान्सफर्मर फेर्नुपर्ने भएकोले मंगलबारदेखि शनिबारसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

लालपुर सबस्टेशनमा १५ एमभीएको ठाउँमा ३० एमभिए क्षमताको ट्रान्सफर्मर जडान गर्न लागिएको अत्तरिया ग्रिड शाखाले जनाएको छ । सबस्टेशन अन्तरगतको बेदकोट नगरपालिका, भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेलौरी नगरपालिका, पुर्नवास नगरपालिका, बेल्डाडी गाउँपालिका र लालझाडी गाउँपालिकामा आलोपालो रुपमा विद्यतु आपुर्ति हुने ग्रिड कार्यालय अत्तरियाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button