नेपाल र भारतको सुरक्षाकर्मीहरुको जिल्ला स्तरिय समन्वय बैठक कलैयामा सम्पन्न

कलैया । बाराको सदरमुकाम कलैयास्थित रहेको होटेल दरवारमा सोमवार नेपाल–भारत सिमा क्षेत्रमा रहेका जिल्ला स्तरिय सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । बर्षमा २ पल्ट हुने नियमित सुरक्षा बैठकको प्रक्रिया अनुसार गर्ने प्रचलन भए बमोजिम बाराको कलैयामा बैठक बसेको हो ।
बैठकमा भारतिय सुरक्षाकर्मीहरुलाई नेपालको तर्फबाट चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईले स्वागत गर्दै बैठकको एजेन्डा प्रस्तुत गर्नुभएको थियो । भारतको बिहार राज्यमा हुन लागेको बिधानसभाको चुनावमा पुर्ण सुरक्षा कसरी चुस्त दुरुस्त बनाउन सकिन्छ भने मुख्य एजेण्डामा सो बैठकको आयोजना गरिएको हो ।

नेपाल र भारत बिचको सुरक्षालाई कसरी प्रगाढ बनाई अपराधलाई नियन्त्रण गर्न सकिने कुरामा बैठक केन्द्रित रहेको थियो । बैठकमा सिमा क्षेत्रमा हुने अपराध नियन्त्रण गरि शान्ति सिुरक्षा तथा सुव्यवस्था कायम गर्ने, सिमा क्षेत्रमा हुने अवैध हातहतियार तथा बन्दोबस्तीको ओसारपसार नियन्त्रण, अपराध तथा सोको नियन्त्रण सम्बन्धी सूचनाको आदान प्रदान गर्ने सहमति भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले जानकारी दिनुभयो ।

बैठकमा चोरी निकासी एवम तस्करी नियन्त्रण गर्ने काभिड–१९ को प्रभाव नियन्त्रण गर्न असल अभ्यासहरुको आदान प्रदान गरि सामुहिक रुपमा अगाडी बढने, भारतको बिहार राज्यको दोस्रो चरणमा हुन लागेको राज्यसभाको निर्वाचनलाई स्वच्छ एवम मर्यादित रुपमा सम्पन्न गर्न ३ दिन बोर्डर सिल गरि यातायात र मानिस आवतजावतमा पुर्ण रुपमा बन्द गर्ने सहमतिमा दुवैपक्षका अधिकारीहरुले हस्ताक्षर गरि बैठक समापन गरिएको भारत बिहार पुर्वी चम्पारणका डिएम शिर्सत कपिल अशोकले जानकारी दिनुभएको हो ।

सो बैठकमा नेपालको तर्फबाट २६ जना र भारतको तर्फबाट २३ जना गरि ४९ जनाको सहभागिता रहेको थियो । भारत बिहार राज्यको पुर्वी तथा पश्चिमी जिल्लाहरुसंग जोडिएको नेपालका रौतहट, बारा, पर्सा चितवन, नवलपरासी पुर्व र पश्चिमका प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरीका प्रहरी उपरीक्षकहरु, राष्ट्रिय अनुसंन्धानका प्रमुखहरु, चितवन राष्ट्रिय निकुन्जका प्रमुख, र वीरगंज भंसारका प्रमुखको सहभागिता रहेको थियो भने भारत बिहारको पुर्वी चम्पारण जिल्लाको डिएम शिर्सक कपिल अशोक, पश्चिम चम्पारणका डिएम कुन्दन कुमारको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकिय अधिकृत मुरारी कार्कीले जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्