नेप्से परिसूचक करिब १५ अंकले बढ्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब १५ अंकले बढेको छ । गत साताको अन्तिम कारोबार दिन २०.६१ अंक बढेर १५७१.०४ विन्दुमा बन्द भएको नेप्से आइतबार १४.७१ अंक बढेर १५८५.७५ विन्दुमा पुगेको छ ।
यस दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि केही सुधार देखिएको छ । आइतबार १९५ कम्पनीको ४५ हजार ७६३ पटकको कारोबारमा ३ अर्ब १७ करोड ८८ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख १३ हजार ३१२ कित्ता शेयर किनबेच भएका छन ।
गत साताको बिहिबार २ अर्ब ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो । कारोबारमा आएका अधिकांश उपसमूहको परिसूचक बढेसँगै यस दिन नेप्सेमा पनि सुधार देखिएको हो ।
आइतबार कारोबारमा आएका १२ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.७८ प्रतिशत बढेको छ ।
त्यसैगरी, बैंकिड. व्यापार, विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढीले बढेको छ ।








प्रतिक्रिया राख्नुहोस्