तपाईँ सुन्दै हुनुहुन्छः

टुहुरा बालक बिचल्लीमा

बैतडी । बैतडीको पाटन नगरपालिका ५ बसन्तपुर कद्वारका दुई टुहुरा बालक बिचल्लीमा परेका छन् । १ वर्षअगाडी आमाबुवा गुमाएका कद्वारका १२ वर्षीय सुरज लुहार र ८ वर्षीय निरज लुहार बिचल्लीमा परेका हुन् ।

वि स २०७६ भदौमा भारतको बैंग्लोरमा रोजगारीका लागि गएका आमाबुवाको ग्यास सिलिण्डर बिस्फोट भएर मृत्यु चएपछि उनीहरुको बिचल्ली भएको हो । बैंग्लोरको जेपिनगरमा मजदुरी गर्दै आएका प्रदीप लुहार र आमा बाशु लुहारको विष्फोटमा परी मृत्यु भएको हो ।

उक्त विष्फोटमा आमाबुवासँगै ३ वर्षीय छोरा शुसीलको पनि ज्यान गएको थियो । उक्त विष्फोटमा निरज पनि घाइते भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button