विमान दुर्घटनामा २२ को मृत्यु

युक्रेन । पूर्वी युरोपेली मुलुक युक्रेनमा प्रशिक्षार्थी सैनिक सवार एक विमान दुर्घटना हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको , त्यहाँको सेनाले जनाएको छ ।
सैन्य तालिमको क्रममा अवतरण गर्न लाग्दा उक्त विमान दुर्घटना भएको युक्रेनी सेनालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
दुर्घटनामा थप दुईजना गम्भीर घाइते भएका र दुर्घटनाको कारण बारे अनुसन्धान सुरु भएको , सेनाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्