तपाईँ सुन्दै हुनुहुन्छः

अक्सफोर्ड विश्वविद्यालयले तयार परेको कोभिड -१९ विरुद्धको खोपको थप परीक्षण हाललाई स्थगित

लन्डन: बेलायतको अक्सफोर्ड विश्वविद्यालयले तयार परेको कोभिड-१९ विरुद्धको खोपले अन्तिम चरणमा एक सहभागी स्यंवमसेवकमा गम्भीर नकारात्मक असर देखाए पछि उक्त खोपको थप परिक्षण हाललाई स्थगित गरिएको छ ।

अक्सफोर्ड विश्वविद्यालयले खोप निर्माण गर्न अक्सफोर्ड विश्वविद्यालयलाई साथ दिइरहेको एष्ट्रजिनिक कम्पनीले परीक्षणमा सहभागी एक जनाका अप्रत्याशित असर देखिए पछि परिक्षण हाललाई स्थगित भएको जनाएको छ ।

उक्त खोपको परीक्षणलाई विश्व जगतले नियाँलिरेको र सफल परीक्षणले कोरोना भाइरसको महामारी झेलिरहेको विश्वका मानिसहरूलाई राहत दिने आयोजकहरूले बताएका छन् ।

अन्तिम चरणमा एक सहभागी अप्रत्याशितरुपमा बिरामी भए पनि अक्सफोर्ड विश्वविद्यालयले  तयार गरेको  कोभिड-१९ विरुद्धको खोप विश्वमै पहिलो हुन सक्ने आकंलन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button