तपाईँ सुन्दै हुनुहुन्छः

‘सहकारीलाई ठोस योगदान दिनसक्ने गरी अघि बढाउन आवश्यक’

काठमाडौं । सहकारी क्षेत्रका विज्ञहरुले सहकारीलाई मुलुकको अर्थतन्त्रमा ठोस योगदान दिनसक्ने गरी अघि बढाउन आवश्यक भएको बताउनु भएको छ ।

नेपाल सहकारी पत्रकार समाजको १०औं स्थापना दिवसको अवसरमा आयेजित भर्चुअल छलफलका वक्ताहरुले नेपालको आर्थिक र सामाजिक रुपान्तरणमा सहकारीको भूमिकालाई आगामी दिनमा थप वृद्धि गर्नु आवश्यक भएकोमा समेत जोड दिनु भएको थियो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले संविधानले परिकल्पना गरे अनुसार सबल अर्थतन्त्र निर्माणका लागि सहकारीलाई महत्वपूर्ण साझेदारको रुपमा स्थापित गर्न मन्त्रालय क्रियाशील रहेको बताउनु भयो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारीले गरिबी न्यूनिकरण र सामाजिक रुपान्तरणमार्फत नेपाललाई विकसीत देश बनाउन भूमिका खेल्न सक्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्याल लगायतले मुलुकमा सहकारीको वास्तविक विकास गरिनु पर्नेमा जोड दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button