सीमा क्षेत्रमा कडाइ गर्नका लागि सशस्त्र प्रहरीलाई डिआइजीको निर्देशन

जनकपुरधाम । सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्णभक्त ब्रम्हाचार्यले धनुषा र महोत्तरीको सीमानाकाहरुको निरीक्षण गरेर सीमा क्षेत्रको वस्तु स्थितिका बारेमा जानकारी लिनु भएको छ ।
नेपाल भारतको सीमा क्षेत्रमा तैनाथ रहेको सीमा सुरक्षा पोस्टहरूको निरीक्षण गर्दै भारतको विहारमा कोरोनाको संक्रमण उच्च दरले बढेको र संक्रमण समुदाय स्तरमा फैलिँदै गएकाले विगत माझै सीमामा हुने आवत जावतलाई कडाइ गर्न मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिनु भएको छ ।

डिआइजी ब्रम्हचार्यले कोरोना सङ्क्रमणको असर र सम्भावित क्षति एवं नागरिक र सुरक्षाकर्मीले अवलम्बन गर्नुपर्ने सुरक्षात्मक उपायहरूको बारेमा समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि मातहतका प्रहरीलाई निर्देशन दिनु भयो ।
लकडाउन तथा निषेधाज्ञामा राज्यले तोकेका सिमानाकाबाट औपचारिक रूपमा नेपाल प्रवेश गरेकाहरूको कनट्र्याक्ट ट्रेसिंगमा ध्यान दिँदै त्यस्ता व्यक्तिहरूको खोजविन गरी क्वारेन्टिन तथा आइसोलेसनमा राख्न सरोकारवालालाई सहयोग गर्न आग्रह पनि गर्नु भएको छ ।
सुरक्षा निकायहरू एवं छिमेकी मुलुकका समकक्षी सुरक्षाकर्मीहरूसँग निरन्तर सम्पर्क समन्वय र आवश्यक सहकार्य गरी नागरिकको सुरक्षामा समन्वयात्मक रूपमा कार्य गर्न उहाँले निर्देशन दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्