तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा एक जना भातीय नागरिकको कोरोनाले मृत्यु


जनकपुरधाम । धनुषा जिल्लामा एक जना भारतीय नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ३ मा रहेको लोमस प्यारेन्टरल एण्ड फरमुलेशन प्राईभेट लिमिटेडका जेनरल म्यानेजर पदमा कार्यरत रहेका भारत आन्ध्र प्रदेश घर भएका वर्ष ६५ पिभी नागेश्वर गोस्वामी आफनै आवाश गृहमा हिजो मृत अवस्थामा शव फेला परेपछि जनकपुरधाम स्थित प्रादेशिक प्रयोगशालामा पी सी आर परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएका थिए ।

करिव चार वर्ष देखि कम्पनीमा काम गर्दै आएका गोस्वामीलाई दुईचार दिन अगाडी देखि ज्वरो र खोकी लाग्ने समस्या देखिएको थियो ।

मृतकको शवलाई श्री श्रीनाथ गणवाट महेन्द्रनगरवाट खटेको सेनाको शव व्यवस्थापन टोलीले शव व्यवस्थापन कार्यविधी अनुसार शवको व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button