तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजबाट एकै दिन तीन सय ८१ जना कोरोना सङ्क्रमण निको भई डिस्चार्ज

बीरगंज । बीरगंजबाट तीन सय ८१ जना कोरोना सङ्क्रमण निको भई घर फर्किएका छन् ।

बीरगंजका विभिन्न अस्पतालको आईसोलेसन, होम आईसोलेसन, सामुदायिक आईसोलेस नमा उपचाररत रहेका सङ्क्रमितहरू मध्ये बिहिबार साँझ तीन सय ८१ जना कोरोना निको भई घर फर्र्किएको जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

कोरोना निको भई डिस्चार्ज हुनेमा चिकित्सक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधीहरु रहेको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले बताउनुभयो ।

लगातार दुई पटकको परिक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि आज बीरगंजमा पहिलो पटक ठुलो संख्यामा आइशसेलेसनमा रहेका सङ्क्रमितहरु कोरोना सङक्रमण मुक्त भएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो ।

कोरोना मुक्त भएका तीन सय ८१ जनासहित पर्सामा कोरोना मुक्त हुनेहरूको संख्या १२ सय ७३ पुगेको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो ।

यसैबीच आजसम्म पर्सामा कोरोना सङ्क्रमिहरूको संख्या दुई हजार तीन सय ४४ पुगेको छ ।  हालसम्म पर्सामा एक हजार आठ सय २२ जना पुरूष र पाँच सय १२ जना महिलामा कोरोना सङ्क्रमण देखिएको प्रशासनले जनाएको छ ।

बीरगंजका दुई वटा अस्थायी कोभिड अस्पताल गण्डक र बीरगंज हेल्थ केयरमा ६६ पुरुष, २६ महिला सहित ९२ जना सङ्क्रमितको उपचार भइरहेको छ भने सङ्क्रमित भई होम आईसोलेसनमा छ सय ८८ पुरुष, दूई सय १६ महिला गरी नौ सय चार जना रहेका छन् ।

यसैगरी क्वारेन्टाइनमा ६१ पुरुष र पाँच महिला रहेका छन् । कोभिड अस्पतालमा उपचार गराइरहेका ९२ जना मध्ये १६ जनाको आइसियु तथा भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट पर्सामा मृत्यु हुनेहरूको सङ्ख्या ३९ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button