तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाको न्युुवर्कमा एक अश्वेत नागरिकलाई पक्राउ गरी गलहत्याएर मारेको अभियोगमा सात प्रहरी अधिकारी निलम्बन

न्यूवर्क। अमेरिकाको न्यूवर्क सहरमा एक अश्वेत नागरिकलाई पक्राउ गरि गल हत्याएर मारेको अभियोगमा सात प्रहरी अघिकारीहरुलाई निलम्बन गरिएको छ ।

४१-वर्षिय ड्यानियल प्रुड मानसिक रुपमा अस्वस्थ भएको र उहाँको मृत्युले अमेरिकामा संस्थागत रंग भेद रहेको पुष्टि गरेको , न्यूवर्क रोचेष्टरका मेयर लभ्ली वारेनले बताउनु भएको छ ।

त्यसैगरी , अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा १८ वर्षिय अश्वेत युवकलाई प्रहरीले गोली हानी हत्या गरेको भिडियो फुटेज सार्वजनिक भएपछि रंग भेद र प्रहरी दमन विरुद्ध वासिङ्गटनमा हिंस्रक प्रर्दशन सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button