जापानका प्रधानमन्त्री शिन्जो आबेद्वारा राजिनामा
काठमाडौं । जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिनुभएको छ ।
लामो समयदेखि पेटसम्बन्धी समस्याबाट पीडित उहाँले आफ्नो अस्वस्थताका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने आफूले चाहेको बताउनुहुँदै कार्यकाल पूरा गर्न नपाएकोमा भने जापानी जनतासँग क्षमायाचना समेत गर्नुभएको छ ।
सन् २०१२ देखि निरन्तर देशको कार्यकारी पदमा रहनु भएका आबे जापानी इतिहासमा सबैभन्दा लामो समय काम गर्ने प्रधानमन्त्री हुनुहुन्छ । उहाँको पदावधि २०२१ सम्म थियो ।
यसअघि पेटको आन्द्रामा समस्या बल्झेपछि सन् २००७ को कार्यकालमा पनि अचानक प्रधानमन्त्री पदबाट राजिनामा दिनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्