युनिकम लुव्रिकेट प्रा.लि.मा आगलागी, ३० लाखको क्षति
वीरगञ्ज । वीरगञ्ज महागनरपालिका वडा नम्बर १९ मा रहेको युनिकम लुव्रिकेट प्रा.लि.मा आज दिउँसो आगलागी भएको छ ।
कारखानाको ब्वाईलर मेसिनको डिस फुटेर अचानक आगलागी हुँदा कारखानाको ब्वाईलर मेसिन, मोटर, डिस, ऐयर बक्स, कालो मोबिल, मट्टिपावडर लगायतका सामान जलेर नष्ट भएको छ ।
आगलागीबाट ३० लाख भन्दा बढीको क्षति भएको उद्योगका सञ्चालक उन्नती लाल प्रसाद कलबारले जानकारी दिनुभयो ।
वीरगञ्ज महानगरपालिका र पोखरीया नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानिय बासिन्दाको टोलीले आगो नियन्त्रणमा लिएको पोखरीया नगरपालिकाका दमकल शाखाका प्रमुख नन्दकिशोर यादवले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्