कोरोना अपडेटः विश्वभर ३ लाख २० हजार बढीको मृत्यु
काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ४९ लाख १७ हजार नाघेको छ ।
कोराना भाइरसका कारण विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ३ लाख २० हजार ६ सयभन्दा बढी पु्गेको छ भने निको हुनेको संख्या करिब १९ लाख २२ हजार नाघेको छ ।
कोरोना भाइरस महामारीका कारण जटिल अवस्थाबाट गुज्रिरहेको अमेरिकामा मृतकको संख्या ९१ हजारभन्दा बढी पुगेको छ भने १५ लाख ५० हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।
यसैगरी, बेलायतमा कोरोना भाइरसका कारण ३४ हजार ७ सय ९६, युरोपेली मुलुक इटलीमा ३२ हजार ७, फ्रान्समा २८ हजार २ सय ३९ र स्पेनमा २७ हजार ७ सय ९ जनाको मृत्यु भएको छ ।
यसैबीच, छिमेक भारतमा संक्रमितको संख्या १ लाख २ हजार २ सय ८७ पुगेको छ भने कोरोना भाइरसका कारण ३ हजार १६९ जनाको मृत्यु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्