तपाईँ सुन्दै हुनुहुन्छः

विद्युतमा २० प्रतिशत छुट दिन माग

काठमाडौं । उद्योगी व्यवसायीहरुले कोरोनाको कारण उद्योग क्षेत्रमा ठूलो क्षती भएकोले विद्युतमा २० प्रतिशत छुट दिन माग गरेका छन् ।

निजी क्षेत्रले उर्जा मन्त्री वर्षमान पुनसँग भेट गरी कोरोना भाइरस महामारीले उद्योग व्यवसायनै संकटमा परेकाले विद्युतमा २० प्रतिशत छुट दिन माग गरेका हुन ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा नेपाल उद्योग परिसंघका अध्यक्ष शतिसकुमार मोर र नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लसहित तीनवटै संस्थाका पदाधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डलले बुधबार मन्त्रालयमा उर्जा मन्त्री वर्षमान पुनसँग भेट गरी यस्तो आग्रह गरेको हो ।

सो अवसरमा अहिलेको कोरोना संकटमा उद्योग व्यवसायलाई दुई वर्षसम्मका लागि विद्युतमा २० प्रतिशत छुट दिन माग गरिएको छ ।

सो अवसरमा निजी क्षेत्रका तर्फबाट अहिले उद्योगहरू बन्द रहेका र उनीहरुले विद्युत् प्रयोग समेत नगरेकाले विद्युत प्राधिकरणले कम्तिमा चार महिनाका लागि डिमान्ड चार्ज छुटदिन समेत मन्त्री पुनः समक्ष आग्रह गरेका छन् ।

भेटमा प्रतिनिधिमण्डलले बक्यौता महसुल तिर्न चार महिनाको अवधि दिइनुपर्ने र उक्त अवधिका लागि जरिवाना समेत नलिन आग्रह गरेको नेपाल उद्योग बाणिज्य महासंघले जनाउको छ ।

भेटमा प्रतिनिधिमण्डलका तर्फबाट विभिन्न जिल्लाहरूमा निर्माण भैरहेका जलविद्युत आयोजनाहरूको निर्माणमा विभिन्न बाहनामा अवरोध हुंदै आएकाले निर्माण कार्यलाई निरन्तरता दिन स्थानीयस्तरमा समन्वय गरी सहयोग गर्न पनि आग्रह गरिएको थियो ।

निजी क्षेत्रका तीनओटै संस्थाहरूले अहिलेको संकटको अवस्थामा उद्योग व्यवसाय सहित समग्र अर्थतन्त्रको पुनरुत्थानका लागि मौद्रीक, श्रम तथा रोजगार, विद्युत क्षेत्रमा आवश्यक नीतिगत सुधारका लागि सुझाव तयार गरी सरकारका विभिन्न निकायहरूमा बुझाएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button