बाँझो जमिनमा खेती गर्न किसानलाई गाउँपालिकाले अनुदान दिने
पाल्पा । कोरोना भाइरसको कारण खाद्यान्नको अभाव हुनसक्ने भन्दै रैनादेवी छहरा गाउँपालिकाले बर्षौदेखि बाँझो रहेको जमिनमा खेति गर्न किसानहरुलाई अनुदान दिने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको बैठकले बाँझो खाद्यान्न, तरकारी र फलफूल खेति गर्ने किसानलाई प्रोत्साहन स्वरुप अनुदान दिने निर्णय गरेको हो ।
बाँझो जमिनमा कागती, सुन्तला र फलफूल रोपेमा प्रति रोपनी दुई हजार रुपैयाँका दरले अनुदान दिने गाउँपालिकाले जनाएको छ ।
यस्तै बाँझो जमिनमा अन्नबाली र तरकारी खेति गरेमा पालिकाले प्रति रोपनी तिन हजार रुपैयाँ दिने गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कारोनाको कारण मानिसहरु गाउँ गाउँमा आएकाले समेत खेतीमा प्रोत्साहन गर्न गाउँपालिकाले अनुदानको नीति लिएको हो ।
प्रतिक्रिया राख्नुहोस्