तपाईँ सुन्दै हुनुहुन्छः

मुक्त हलिया परिवारलाई राहत वितरण

बैतडी । बैतडी जिल्लाका ५० मुक्त हलिया परिवारलाई राहत बितरण गरिएको छ । लुथरन बिश्व फेडरेशनको आर्थिक सहयोगमा जिल्ला हलिया मुक्ति समाज बैतडीले मुक्त हलियाका परिवारलाई खाध्यान्न बितरण गरेको जिल्ला हलिया मुक्ति समाज बैतडीका उपाध्यक्ष जयराम लोहारले बताउनुभयो ।

राहतमा प्रति परिवार ३० किलो चामल, तीन किलो दाल, दुई लिटर खानेतेल, दुई किलो नून, चार वटा साबूनका दरले बितरण गरिएको उहाँले बताउनुभयो ।

उक्त राहत दशरथचन्द नगरपालिकाका ३० परिवार र सुर्नया गाउँपालिकाका २० परिवारलाई बितरण गरिएको हलिया मुक्ति समाज महासंघका बरिष्ट केन्द्रीय सदस्य राजुराम भूलले बताउनुभयो ।

लकडाउनका बेला आफुहरुलाई राहत पाइएकोमा मुक्त हलियाहरुले खुसि ब्यक्त गरेका छन् । एकल महिला समेत रहेकी द.न.पा. ४ की लिला भूलले लकडाउनका कारण आफुले मजदुरी समेत गर्न नपाएकाले भोकै बस्नुपर्ने अवस्था आउदा राहत पाएकोमा खुसि ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button