अत्यावस्यक बाहेक मेलम्ची खानेपानीसहितको यातायात सञ्चालनमा रोक
मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ४ ले मेलम्ची खानेपानीसहितको यातायातम रोक लगाएको छ ।
अत्यावस्यक बाहेकको यातायात सञ्चालनमा रोक र अनावश्यक हिड्डुल गर्न नदिने भएको हो ।
कोरोना संक्रमण बढेको र खानेपानीको गाडी धेरै चल्न थालेकाले बन्द गर्ने निर्णय गरिएको हेलम्बु ४ का वडा अधक्ष्य राजकुमार लामिछानेले जानकारी दिनुभयो ।
आज बिहानबाट लागू हुने गरि राष्ट्रिय गौरवको योजना मेलम्ची खानेपानीका सबै गाडी हेलम्बु प्रवेशमा रोक लगाइएको छ ।
हेलम्बु प्रवेशद्वार तालामराङ्ग बाट हेलम्बु प्रबेसमा हिड्डुलमा, अत्यावश्यक सवारी साधन प्रहरी ,सञ्चार, एम्बुलेन्स ,तरकारीका र पास बाहेकका सम्पूर्ण यातायातमा रोक लगाइएको छ ।
बिहान ६ बजेबाट ९ र बेलुका ४ बजे देखि ७ बजे सम्म खाधान्न र तरकारी पसल मात्र खुल्न अनुमति दिने वडा अधक्ष्य लामिछानेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्