तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको परिक्षणको गति बढाउनूपर्नेमा कांग्रेसको जोड

फाइल तस्बिर

काठमाडौँ । नेपाली काँग्रेसले कोरोना भाइरसको परिक्षणको गति बढाउन सरकारसँग अपील गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकास शर्माले आज जारी गर्नुुभएको विज्ञप्तिमा लकडाउनको समय थप्ने तर कोरोनासँग जुध्ने गति र सतर्कताको मात्रा थप्न नसक्ने हो भने लकडाउन गरेर मात्रै कोरोनालाई परास्त गर्न नसकिने भएकाले लकडाउनका बावजुद कयौं देश कोरोनाको चपेटामा परेको अनुभवबाट शिक्षा लिंदै, थपिएको पछिल्लो अवधिमा अघिल्लो चरणका कमजोरी अन्त्य गरेर सतर्कताको स्थितिलाई मजबुत तुल्याउन सरकारसँग अपिल गरेको छ ।

काँगेसले मेडिकल सामग्रीको आयात एवं परिक्षणको दायरा बिस्तारमा थप गति दिन तथा थप सतर्कताका लागि सरकार र समुदायको ध्यानाकर्षण समेत गराएको छ ।

कोरोनाबाट संक्रमितको संख्या बढ्दै जाँदा उपचार सामग्रीको पर्याप्त बन्दोबस्त गर्न ढिलाइ नगर्न पनि सरकारलाई काँग्रेसले आग्रह गरेको छ ।

कोरोन भाइरस परिक्षण गर्ने केन्द्रहरु बिस्तार गरिनु सकारात्मक भए पनि र्यापिड टेस्टको परिणाम भने विश्वब्यापी रुपमै विश्वसनीय र भरपर्दो नदेखिएको अवस्थालाई मध्यनजर गर्दै पिसिआर विधिको ब्यापकता बढाउन जरुरी रहेकोमा जोड दिएको छ ।

राजधानीको पेप्सिकोलास्थित सनसिटी अपार्टमेण्टका एक परिवारका दुई सदस्यमा कोरोनाको संक्रमण पुष्टि भएको घटनाले उब्जाएका प्रश्नहरुलाई गम्भीरता साथ लिन नेपाली कांग्रेस अनुरोध पनि गरेको छ ।

परिक्षणको दायरा अब निश्चित केन्द्रबाट ‘घुम्ती स्वास्थ शिविर’ को शैलीमा समुदाय समक्ष पुर्ुयाउन अनिवार्य भएको भएकोमा जोड दिदै काँगेसले गाउँ तहसम्म ‘घुम्ती परिक्षण शिविर’ चलाउने तयारी तत्काल शुरु गर्न तीनै तहको सरकारलाई युद्धस्तरमा समन्वय साथ कार्य गर्न अपील पनि गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button