क्वारेन्टाइन व्यवस्थापनको लागि ब्ल्याङ्केट र फिल्टर सहयोग

दोलखा । दोलखाको कालिञ्चोक गाँउपालिकामा रहेको क्वारेन्टाइन व्यवस्थापनको लागि ग्रामिण उद्यम विकास केन्द्र (आरइडिसी) दोलखाले गाँउपालिकालाई ब्याङ्केट र फिल्टर प्रदान गरेको छ ।
आरइडिसीले क्रिस्चियन एडको सहयोगमा कालिञ्चोक गाँउपालिकामा रहेको क्वारेन्टाइनको लागि २१ थान ब्ल्याङ्केट र पाँच थान फिल्टर गरी ७१ हजार तीन सय ५० रुपैया बराबरको सामग्री हस्तान्तर गरेको आरइडिसीका निर्देशक सुमन उप्रेतीले बताउनुभयो ।

उक्त सामग्री मंगलबार आरइडिसीका सचिव हेमन्त चौलागाईले कालिञ्चोक गाँउपालिकाका उपाध्यक्ष कालिका पाठकलाई हस्तान्तरण गर्नु भएको थियो ।
कालिञ्चोक गाँउपालिकाको सिंगटीमा अहिले एउटा क्वारेन्टाइन रहेको छ । जसमा काठमाडौँ र भारतबाट आएका २३ जनालाई राखिएको छ ।







प्रतिक्रिया राख्नुहोस्